निजामति कर्मचारीको उमेरहद २ बर्ष बढाएर ६० पुर्याइदै
- काठमाडौं, २७ पुस ।
तपाई निजामति कर्मचारी हुनुहुन्छ भने तपाईका लागि खुशीको विषय हुनसक्छ, आज बस्ने मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको अनिवार्य अवकास पाउने उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष बनाउँदैछ ।
आजको मन्त्रिपरिषद बैठकमा निजामती ऐनको पाँचौ संशोधन विधेयक स्वीकृतका लागि पेश हुँदैछ । मन्त्रिपरिषद स्रोतका अनुसार विधेयक स्वीकृत गरेर परामर्शका लागि लोकसेवा आयोगमा पठाइने छ ।
यसैगरी मन्त्रिपरिषदले संघीयतामा कर्मचारी समायोजनको विधेयक समेत स्वीकृत गर्दैछ । संघीयतामा जाँदा सरकारले केन्द्रीय तहमा भर्ना भएका कर्मचारीलाई नै स्थानीय तहमा समेत परिचालन गर्नेगरी कर्मचारी समायोजन विधेयक अघि सारेको थियो ।
यो विधेयकलाई पनि मन्त्रिपरिषदले स्वीकृत गरी लोकसेवाको सहमतिका लागि पठाउने छ ।
प्रतिकृया दिनुहोस्
Loading...