यूपी चुनावमा गान्धी-यादव परिवारका 'ग्ल्यामर' महिलाको चर्चा
- एजेन्सी, १६ माघ ।
आफ्नै बाबुसँग बगावत (सम्बन्ध बिच्छेद) गरेका उत्तर प्रदेशका मुख्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले कांग्रेस आईका नेता राहुल गान्धीसँग दोस्तीको हात बढाएका छन् ।
आइतबार लखनउमा पत्रकार सम्मेलन र रोड शोमा सँगै देखिएका अखिलेश र राहुलले गंगा र यमुना नदी मिलेपछि उत्तर प्रदेशको राजनीति सफा हुने उदघोष गरे । उनीहरुले नभने पनि राहुल यमुना हुन् भने अखिलेश गंगा ।
गान्धी र अखिलेश दुवैले आफूहरु पहिलेदेखि नै व्यक्तिगत तवरमा असल साथी भए पनि राजनीतिक मित्रता बल्ल शुरु भएको प्रतिक्रिया दिएका छन् । भारतमा राहुल गान्धी तीन पुस्ते सम्भ्रान्त राजनीतिक घरानाका सदस्य हुन् भने अखिलेश पनि उत्तर प्रदेशको सम्भ्रान्त राजनीतिक घरानाका नयाँ सदस्य हुन्।
यता राहुल गान्धी र अखिलेश यादवको व्यक्तिगत मित्रता राजनीतिक मित्रतामा बदलिएपछि एकाएक दुई ग्ल्यामर महिलाको चर्चा पनि चुलिएको छ । जसको ग्ल्यामरले उत्तर प्रदेशको चुनावी नतिजामा प्रभाव पार्न सक्ने आँकलनहरु भइरहेका छन् ।
यो गठबन्धन बनाउन राहुलकी दिदी प्रियंका गान्धी र अखिलेशकी पत्नी डिम्पल यादवको हात रहेको चर्चाले उत्तर प्रदेशको राजनीति तताएको छ ।
यसअघि नै लखनउका सडकमा पि्रयंका गान्धी र डिम्पल यादवका पोष्टर टाँस्न थालिसकिएको थियो । प्रियंका र डिम्पल दुवैको छबी ग्ल्यामरस छ र यसले उत्तर प्रदेशका युवालाई गठबन्धनको पक्षमा आकर्षित गर्न सक्नेछ भन्ने आँकलन भइरहेको छ ।
प्रियंका र डिम्पल दुवैको पढाई लेखाई आधुनिक स्कूल कलेजमा भएको र उनीहरु दुवैको जीबनशैली पनि हाइप्रोफाइल नै छ । उनीहरु दुवैमा सार्वजनिक र राजनीतिक जीवनमा आम मान्छेलाई आफूतिर आकर्षित गर्ने खुबी रहेको भारतीय सन्चार माध्यमहरुले बताएका छन् ।
समाजवादी पार्टी निकट पत्रिका सोशलिष्ट फ्याक्टरका सम्पादक फ्रैंक हजुरले भनेका छन्, ‘समाजवादी पार्टी र कांग्रेस गठबन्धनको प्रचारमा अखिलेश-राहुलको जति भूमिका हुन्छ त्योभन्दा बढी प्रियंका गान्धी र डिम्पल यादवको हुनेवाला छ ।’
प्रियंकालाई कांग्रेस नेतृत्वमा चाहने लाखौं शुभचिन्तक हुँदा पनि जसरी उनले भाइलाई अघि बढाउन आफ्नो राजनीतिक करिअर स्थगन गरिन्, त्यसैगरी डिम्पलले अखिलेशका लागि आफ्नो राजनीति असफल बनाएकी छन् ।
प्रतिकृया दिनुहोस्
Loading...