चर्चित युवा गायक यम बुद्धको निधन, घटना रहस्यमय ! (अडियोसहित)


  • काठमाडौं, १ माघ ।
युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को रहस्यमय निधन भएको छ। पत्नीसहित लन्डनमा बस्दै आएका २९ बर्षीय गायक बुद्ध शनिबार आफ्नो बाथरुममा मृत भेटिएका हुन्।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ।

बीबीसीको समाचार सुन्नुहोस 

श्रीमतीसँग केही समयदेखि लण्डनमा बस्दै आएका अधिकारीले आत्महत्या गर्नुको कारणबारे खुलेको छैन् । लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै उनको मृत्युबारे थप जानकारी लिने कोसिस भइरहेको जनाएको छ । उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।

२९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । 

अधिकारीको नयाँ एल्बम ‘खतरा’ छिट्टै बजारमा आउँदै थियो । मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...