आज २२ औं जनयुद्ध दिवस

  • काठमाडौं, १ फागुन।

आज २२ औं जनयुद्ध दिवस माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छ ।

नेकपा (माओवादी)ले जनयुद्ध दिवसकै अवसर पारेर खुल्लामञ्चमा ८ औं महाधिवेशनको उद्घाटन गर्दै छ ।

यसै गरी मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले कुपण्डोलको राज्य कार्यलयमा दिउसो १२ बजे एक अन्तरक्रिया कार्यक्रम राखेको छ ।माओवादी केन्द्रले भने दिउसोँ १ बजे पेरिसडाडामा कार्यक्रम गर्ने जनाएकाे छ ।

कम्युनिष्ट विचार धारा नै परित्याग गरेका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानले भने जनयुद्ध दिवस गत साल देखि नै मनाउन छाडेको छ ।

जनयुद्ध दिवसको अवसर पारेर विप्लव नेतृत्वको नेकपा माओवादीले खुल्ला मञ्चमा पार्टीको आठौं महाधिवेशनको उद्घाटन गर्दै छ ।जनयुद्धका मुख्य नेताहरु नै विगतमा देश र जनताको मुक्तिका लागि भन्दै व्यक्त गरेका प्रतिवद्धताहरु छाडेर हिडेको चौतर्फी गुनासो र वितृष्णा पैदा हुदै गएको छ ।

यस जनयुद्धमा १७ हजार शहिदहरूले बलिदानी गरेका थिए । त्यसै गरी माओवादी सेनाको ठूलो संख्या विघटन भएको छ भने करीब १५ सय जति नेपाली सेनामा समायोजन गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...