हजारौं जनतालाई साक्षी राख्दै विप्लवले भने - हाम्रो पार्टीले इतिहास रच्ने छ !

- इमान्दार मिडिया संवाददाता ।

‘नेपालको इतिहासमा भएका परिवर्तनकारी आन्दोलनहरु सम्झौतामा टुंगिए । अब हामी त्यस्तो हुन दिने छैनौं ।’ महासचिव विप्लवले भने, ‘हामीले सम्झौतामा टुंगिएका आन्दोलनहरुलाई पूरा गरेर इतिहास रच्ने छौं ।’
विप्लवले काँग्रेस, एमाले र माओवादी केन्द्रले आफूलाई राजनीतिको ठेकेदार सम्झेको भन्दै उनीहरुबाट अबको निकास र परिवर्तन सम्भव नभएको ठोकुवा गरे ।

सम्बोधनका क्रममा विप्लवले संसदवादी पार्टीहरु स्वार्थको लागि देश नै बेच्न तयार भएको दाबी गर्दै केही सिमित डलरको लागि विदेशीको चाकरी गर्नेहरुविरुद्ध अब सबै एक हुनु पर्ने बताए । ।
नेपाली युवा–युवतीलाई विदेशमा बगाएको रगत पसिनामा काँग्रेस, एमाले र माओवादी केन्द्रले मस्ती गरिरहेको बताए । ‘युवालाई विदेश पठाएर लाजै नमानी रेमिट्यान्स आएकोमा खुशी हुन्छन्’ विप्लवले भने । 'जनयुद्धमा जीपीएमजी खोस्न सक्ने युवाहरु विदेश नगएर क्रान्ति सम्पन्न गर्नु पर्छ । बन्दुक बोक्न सक्ने महिलाहरुले दलालको हातबाट बेचिनु हुँदैन, अावश्यक परे फेरि बन्दुक बोक्नु तयार हुनुपर्छ ।'

जनयुद्धमा लडेका माओवादी नेता-कार्यकर्तामाथि मुद्दा लगाइएकोप्रति आपत्ति जनाउदै विप्लवले प्रचण्ड-बाबुरामले आफ्ना दस्यको समेत संरक्षण गर्न नसकेको बताए । प्रधानन्यायाधीश सुशीला कार्कीले जनयुद्धकालमा माओवादीमाथि लगाइएका मुद्दाहरु तत्काल खारेज गर्नुपर्ने विप्ल्वको भनाई छ । उनले भने- ‘कार्कीले खारेज गर्नुभएन भने, प्रचण्डको हात काँप्यो र यताउति भयो भने नेकपा (माओवादी) ले आफै ति मुद्दा खारेज गर्छ ।’
प्रचण्डले वीपी कोइरालाले जति समेत काम गर्न नकसेकाे भन्दै उनले अाफ्नो पार्टीले माओवादी नेता-कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज गर्ने उद्घोष गरेका हुन् ।

यस्तो भने स्थाई समिति सदस्यहरुले
कार्यक्रममा माओवादी स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले संसदीय व्यवस्थाले देश र जनतालाई शोषण मात्र गर्ने भएकाले त्यसलाई फयाक्नुको विकल्प नभएको बताए । त्यसैगरी स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले जनताले परिवर्तनका लागि गरेको त्याग र बलिदानलाई केही नेताहरुले सत्तामा पुग्ने भर्याङ बनाउँदै धोका दिएको बताए । उनले अपूरो नेपाली क्रान्तिलाई पूर्णता दिन आफ्नो पार्टी लागिरहेको बताए ।
बबरमहलबाट निस्केको माओवादीको एक र्याली |
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कडेँल, जनयुद्धका घाइते योद्धाको तर्फबाट प्रेम वयक, शहिद परिवारको तर्फबाट खुमा सुवेदीलगायत महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पठाएको लिखित शुभकामना पढेर सुनाइएको थियो ।कार्यक्रमको संचलान स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले गरेका थिए ।

आफ्नो पार्टीले देश र जनताको पक्षमा एकपटक अन्तिम लडाई लड्न खोजेको भन्दै महासचिव विप्लवले आफुहरुलाई साथ दिन आम जतालाई अपिल गरे ।
माओवादीको र्यालीले ट्राफिक प्रहरीलाई हम्मेहम्मे
आइतबार माओवादीले महाधिवेशन उद्घाटनपुर्व बिभिन्न ठाउँबाट निकालेको र्यालीका कारण उपत्यकाको ट्राफिक जाम नै अस्तव्यस्त बनेको थियो । माओवादीका हजारौं नेता, कार्यकर्ता हसिया हतौडा अंकित झण्डासहित सडकमा निस्किएपछि कालिमाटी,लैनचौर, बबरमहल, माइतीघर, भद्रकाली, सहिद गेट, टुडिखेल र रत्नपार्क क्षेत्र ठप्प भएको थियो । भने प्रहरीलाई भिड व्यबस्थापन गर्न हम्मे हम्मे परिरहेको थियो ।
उद्घाटन समारोहमा देशभरबाट करिब ६० हजार बढी नेता कार्यकर्ता र जनताको उपस्थिति रहेको बताइएको छ । राजधानीमा उद्घाटन गरिएको आठौं महाधिवेशनको बन्दसत्र रोल्पाको थवाङमा हुने सो पार्टीले जनाएको छ ।
०७३ फागुन १ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...