राष्ट्र विखण्डनको अभिव्यक्ति दिने सीके राउतलाई १० दिन थुनामा राख्न अनुमति
- काठमाडौं, २१ माघ ।
जिल्ला अदालत सिराहालेसीके राउतलाई १० दिन थुनामा राख्न अदालतले म्याद दिएको छ ।
बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए ।
यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए । यो पटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।
‘अदालतले हामीलाई राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको छ । त्यही अनुसार अनुसन्धान सुरु हुन्छ’ डीएसपी केसीले भने ।
संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।
राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ ।

प्रतिकृया दिनुहोस्
Loading...