के तपाई लाइ थाहा छ काँक्रोले पनि तौल घटाउँछ


हामी काँक्रोको प्रयोग खाना वा खाजासँग गर्ने गर्दछौं । तपाइँलाई आज हामी काँक्रोको प्रयोग आहार योजना बनाई गरेमा ७ दिनमै ७ किलो तौल घटाउन सक्ने उपायबारे जानकारी दिन्छौं ।

काँक्रोको प्रयोग निम्नानुसार सुची बनाई गर्नुहोस् । :

बिहानको खाजा :

१) २ वटा उसिनेको अण्डा
२) १ प्लेट सलाद ( काँचै खान बनाइएको सागपात वा फलफूल आदिको परिकार )

खाजा :
१) ५ वटा आलुबखडा वा १ ठूलो आरु वा स्याउ

खाना :
१) १ कचौरा काँक्रोको सलाद
२) १ वटा गहुंको रोटि

खाजा :
१) काँक्रोको जुस

रातिको खाना :
३०० ग्राम तपाइँको रुचीअनुसार फलफूलको जुस

बनाउने विधि :

१) काँक्रोको सलाद :
सामाग्रीहरु :

१) ४०० ग्राम काँक्रो
२) २०० मि.ली दहि वा अमिलो दुध
३) ताजा प्याज
४) नुन

विधि :
काँक्रोलाई टासेर स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि यसमा नुन हालेर राम्ररी मिसाउनुहोस् । त्यसपछि यस्मा दहि वा अमिलो दुध र प्याजको टुक्रालाई हाल्नुहोस् ।

२) काँक्रोको जुस :
सामाग्रीहरु :
१) १ वटा काँक्रो
२) १ वटा स्याउ
३) १ मुठ्ठी पालुङ्गो

विधि :
माथिको सबै सामाग्रीहरुलाई मिसाई पिसेर जुस बनाउनुहोस् । यस मिश्रणमा तपाइँले ताजा अदुवा हालेर पनि जुस बनाउन सक्नुहुन्छ । र ताजा जुसलाई गिलासमा हालेर पिउनुहोस् ।

नोट: "माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।"

, ,

प्रतिकृया दिनुहोस्

Loading...