मरिसकेको मानिस बाँचेको सनसनीपूर्ण घटना

मोटरसाइकल सयरमा निस्किएका अमेरिकी राज्य फिलाडेल्फियाका ३५ वर्षीय वित्तीय विश्लेषक जाच कोनरार्डको बाटैमा मृत्युु भयो।
जुन ३, २०१२ आइतवार बिहान उनी बाइक राइडमा निस्किएका थिए । हरेक आइतवार उनी यसरी नै घुम्न निस्कन्थे। त्यो दिन बाइक कुदाउँदै गर्दा उनलाई कताकता असहज महसुस भएजस्तो भयो ।
उनले सडकछेउ बाइक रोके, हेल्मेट फुकाले, भुइँमा अढेस लागेर बिस्तारै पल्टिए । लगत्तै उनको मुटु चल्न बन्द भयो । श्वासप्रश्वास रोकियो । उनलाई कार्डिक एरेस्ट ९मुटुको धड्कन बन्द हुनु ले अचानक हमला गरेको रहेछ ।
अमेरिकामा मात्रै हरेक वर्ष तीन लाख मानिसलाई कार्डिक एरेस्टु हुने गर्छ । त्यसमध्ये अधिकांशको मृत्यु हुन्छ । अस्पताल पु¥याइएकामध्ये ८५–९० प्रतिशतको शव अस्पतालबाहिर निस्किने गर्छ । तर, कोनरार्ड भाग्यमानी साबित भए ।
फिलाडेल्फियाका अस्पतालमा मृतकुहरूलाई बौराउने नयाँ प्रविधि र उपचार विधिको अभ्यास हुने गरेको छ । फिलाडेल्फियास्थित युनिभर्सिटी अफ पेन्सिलभानियाको एउटा सुविधासम्पन्न अस्पतालमा उनलाई पु¥याइयो । डाक्टरले उनीमाथि २४ घण्टासम्म लामो कुलिङ ट्रिटमेन्टु गरे । यो विधिअन्तर्गत बिरामीको शरीरमा इन्फ्लामेसनु घटाउने र मेटाबोलिजमुको तीव्रता कम गर्ने गरिन्छ । यी दुई काम गर्न सकियो भने शरीर बौरिन सक्छ ।
यो चरणको उपचार सफल साबित भयो । केही दिनका लागि कोनरार्ड कोमामा पुगे । त्यस अवधिमा उनीमाथि पोस्ट एरेस्टु उपचार गरियो । यो चरणको उपचारअन्तर्गत उनको शरीरको रक्तचापलाई नियन्त्रित गर्ने, कार्डिक क्याथेटिराइजेसनु विधि अपनाउने र भेन्टिलेसनुमा राख्ने काम भयो । केही दिनपछि उनको होश आयो । उनी जिउँदै घर फर्किए । यदि अन्त कतै उनलाई त्यसरी कार्डिक एरेस्टुले गाँज्थ्यो भने उनको मुटुको धड्कन जाँचेर उनलाई मृत घोषणा गरिन्थ्यो ।
‘भर्खरै मरेको मानिसको दिमाग पूर्वअवस्थामा आउनै नसक्नेगरी ड्यामेज भइसकेको हुँदैन’ चिकित्सक साम पर्निया भन्छन्, ‘पूर्ण रूपले मृत अवस्थामा पुग्न मानिसको दिमाग मरिसकेको हुनुपर्छ ।’ उन्नत प्रविधि र निरन्तर संशोधन हुँदै गएको चिकित्सा ज्ञानले मरिसकेको भनिएको व्यक्तिलाई बौराउने क्षमता विकास हुँदै गएको छ ।व्यक्तिको मृत्यु हठात हुँदैन । क्रमशः हुँदै जान्छ । मुटु धड्किन छोडे पनि शरीर घण्टौँसम्म बाँचिरहेको हुन्छ । मृत्यु भएको कैयौँ दिनसम्म पनि शरीरका कतिपय अंग बाँचिरहेका हुन्छन् ।
मृत्यु भनेको स्विच थिच्दा बत्ती झ्याप्प निभेजस्तो तत्काल हुने कुरा होइन । तर, संसारभरि जारी गरिने ९५ प्रतिशत मृत्यु प्रमाणपत्रमा मुटुको धड्कन रोकिएको क्षणलाई मृत्यु भएको क्षणका रूपमा स्वीकार गर्ने गरिन्छ । धड्कन रोकिसकेपछि व्यक्तिलाई पुनः जीवित गराउने जमर्को कतै गरिँदैन । त्यस्तो व्यक्तिको चोला उठेको निष्कर्ष निकाल्दै अन्तिम संस्कारको तयारी गरिन्छ ।

सन् १९६० को दशकमा अनुसन्धानकर्ताहरूले मुटुको धड्कन बन्द हुँदैमा व्यक्तिको मृत्यु हुन्छ भन्ने मान्यतालाई चुनौती दिएका थिए । छाती थिच्ने ९क्लोज चेस्ट कम्प्रेसन्स र मुखमा मुख जोडेर श्वास दिने विधि अपनाएमा व्यक्ति बौरिने सम्भावना रहने तथ्य त्यतिबेला नै पत्ता लागेको थियो ।
यति गर्दा मुटु चल्यो र रक्तसञ्चार भयो भने पनि दिमाग ड्यामेज हुँदै जान्छ र व्यक्ति जिउँदो मुर्दाजस्तो प्रतिक्रियाविहीन अवस्था (भेजिटेटिभ)मा पुग्ने डाक्टरहरूको आँकलन छ । मुटु धड्किन छोडेको २० देखि ३० मिनेटमा पनि व्यक्तिलाई बौराउन सकिएन भने आश मार्नुपर्ने मान्यता डाक्टरहरूले राख्ने गरेका छन् । तर, २० मिनेटको यो अवधि भरपर्दो अनुसन्धानबाट प्रमाणित भएको भने होइन । यो अनुभवसिद्ध अनुमानमात्र हो ।
मुटु चल्न छोडेको घण्टौँसम्म पनि शरीर पूर्ण रूपमा मरिनसकेको उदाहरण पनि छन् । सन् २०११ मा जापानमा यस्तै भएको थियो । जापानकी एउटी युवती आत्महत्या गर्न भनेर जंगल पसिन् र ओभरडोज औषधि सेवन गरिन् । केही घण्टापछि जंगलको बाटो हुँदै हिँडेका बटुवाले उनलाई अचेत फेला पारे ।
आपत्कालीन उद्धारमा खटिएका अधिकारी घटनास्थलमा आउँदा उनको शरीरको तापक्रम २० डिग्री सेल्सियस थियो । उनको नाडीमा कम्पन थिएन । न त उनी श्वास फेरिरहेकी थिइन् । उनको मुटु सक्रिय गराउने प्रयास गरियो । तर, सकिएन ।
यति हुँदाहुँदै पनि उनलाई मुर्दाघर नपठाई सुविधासम्पन्न अस्पताल पठाइयो, जहाँ इसीएमओ मेसिनमा राखेर उनालाई जीवित बनाउने प्रयत्न भयो । यस्तो मेसिनमा कृत्रिम मुटु र फोक्सो जडान गरिएको हुन्छ, जसमार्फत शरीरमा रक्तसञ्चार सुचारु गरेर व्यक्तिलाई बौराउने गरिन्छ ।
घण्टौँको अनवरत प्रयासपछि उनको मुटुको सूक्ष्म कम्पन सुरु भयो । मृत्यु भएर ढलेकी उनी मरिसकेकीु थिइन् । तर, जंगलको चिस्यानका कारण उनको शरीरका कोषिका काम नलाग्नेगरी मरिसकेका थिएनन् । जंगलबाहिर उनले आत्महत्या प्रयास गरेकी भए त्यहाँको तापले गर्दा उनको शरीरका कोषिकाको पनि मृत्यु भइसकेको हुने थियो र उनलाई बौराउन सकिँदैन थियो ।
जंगलमा चार घण्टासम्म कसैले नदेख्नेगरी उनको शरीर जमिनमा ढल्यो । यात्रुहरूले देखेपछि उनलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याउँदा र उनको मुटु धड्किन सुरु गर्दा उनले ओभरडोज औषधि सेवन गरेको आठ घण्टा बितिसकेको थियो । चिसोले गर्दा उनको शरीरका कोषिका पूरै बिग्रिसकेका थिएनन् ।
तीन सातापछि अस्पतालले उनलाई डिस्चार्ज गरिदियो । नयाँ जीवन पाएपछि उनले बिहे गरिन् । हालसालै उनी आमा भएकी छिन् । उनको दाम्पत्य जीवन लोभलाग्दो किसिमको राम्रो छ ।

प्रतिकृया दिनुहोस्
Loading...