यस्तो कु-सस्कार - जहाँ बाबुले छोरीसँगै गर्छन् बिहेबारी

हामीकहाँ बाबुछोरीको नाता सबैभन्दा पवित्र मानिन्छ ।
तर बंगलादेशमा एउटा यस्तो आदिवासी समुदाय छ जहाँ बाबुले आफ्नै छोरीसँग शारीरिक सम्बन्ध राख्न पाउँछन् अनि बाबुुछोरीको सहवासमा आमाको पनि सहमती र स्विकृति रहन्छ ।
हामीकहाँ ठूलो पाप मानिने यस्तो परम्परा बंगलादेशको मन्डी नामक आदिवासी जनजाति समुदायमा प्रचलनमा छ ।
यो समुदायमा पुरुषहरुले छोरी जन्मिएसँगै आफ्नै छोरीसँग बिहे गर्ने सपना देख्छन् । अनि छोरीको उमेर पुुगेसँगै इच्छा जागेमा आफ्नै छोरीसँग सहवास र बिहे गर्दछन् ।
सदियौंदेखि यो परम्परा चलिआएको छ त्यहाँ । उक्त जनजाति समुदायएकी एक महिला ओरोलाका अनुसार उनी सानैँ छँदा उनका बुवाको मृत्यु भयो ।
त्यसपछि आमाले अर्कै पुरुषसँग बिहे गरिन् । त्यसयता उनले सौतेलो बाउलाई नै आफ्नो लोग्नेको रुपमा हेर्न बाध्य भइन् ।
प्रचलन अनुसार उक्त समुदायमा यदि कुनैपनि महिलाको पतिको कम उमेरमा मृत्युभएमा ती महिलाले आफ्नो लोग्नेको परिवारका कुनै पुरुष सदस्यसँग दोश्रो बिहे गर्नुपर्दछ ।
एजेन्सी
प्रतिकृया दिनुहोस्
Loading...