शिक्षकले छात्रालाई पिसाब गर्न नदिएपछि
- एजेन्सी ।
अमेरिकाको क्यालिफोर्नियास्थित एक विद्यालयकी शिक्षिकाले छात्रालाई पिसाव गर्न जान नदिँदा करोडौं रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।
सन २०१२ मा भएको यो घटनाले गर्दा स्कुलले १२.५ लाख डलर अर्थात करिब साढे ८ करोड रुपैयाँ मुआब्जा दिन आदेश दिइएको छ ।
छात्राले त्यो समयमा बाध्य भएर बाल्टीमै पिसाब फेर्नुपरेको थियो । सुप्रिम कोर्टमा पूर्व छात्राले यस घटनाका कारण निकै समस्यामा परेको बताएकी थिइन् । उनी भन्छिन्– ‘मेरो मनमा आत्महत्या गरौंकी भन्ने सोच पनि आएको थियो ।’
प्रतिकृया दिनुहोस्
Loading...