प्रहरी चौकीमा पत्नीले भनिन्- फौजी पतिभन्दा प्रेमीसँग ‘मजा’ आउँछ

  • एजेन्सी । 

भारतको पटनामा अनौठो घटना सार्वजनिक भएको छ । 

यहाँ भारत–पाकिस्तान सीमामा देशको सुरक्षामा तैनाथ एक जवान विहीबार पटनाको खगौल थाना पुगेर मेरी श्रीमतीबाट मलाई बचाइदिनुस्, म उसबाट टाढा हुन चाहन्छु भनेर हारगुहार गरेका छन् । 

उनले अगाडि भने कि म जब ड्युटीमा जान्छु तब मेरी पत्नी आफ्नो ब्वाईफ्रेण्डलाई घरमा बोलाउछिन् र कोठामा लगेर ढोका बन्द गर्छिन् ।

जवानले बताए कि मेरी पत्नी र उसको प्रेमी घरपरिवारका अगाडि लामो समयसम्म कोठामा बन्द रहन्छन् । कसैको कुरा सुन्दिन् । फौजीका अनुसार जब उनी घर आएर पत्नीलाई सम्झाउँछन् यस्तो नगर भनेर तर उनकी पत्नी जवाफमा आफ्नी प्रेमीसँग समय विताउन उनलाई राम्रो लाग्छ र उनैसँग विहे गरेर उनकै हुन चाहन्छु भन्छिन् ।

पटनाको लोको कलोनीमा बस्दै सेनाका जवान मुकेश प्रसाद खगौल जम्मू कश्मिरमा पोस्टेड छन् । प्रहरीलाई दिएको निवदेनमा मुकेशले भनेका छन् कि उनकी पत्नी विहे गरेदेखिनै उनकी आमा र घरपरिवारलाई दुःख समेत दिँदै आएकी छन् ।

फौजी मुकेशको विहे यसै वर्षको २२ अप्रिलमा प्रिया नामकी युवतीसँग भएको थियो । विहेको केही दिनपछि मुकेश छुट्टी सकिएपछि आफ्नो ड्युटीमा फर्किए । पत्नीको विहेभन्दा पहिले कसैअरुसँग प्रेम सम्बन्ध थियो । 

पति ड्युटीका लागि गइसकेपछि प्रियाका प्रेमी विभिन्न बहाना बनाएर मुकेशको घर आउन थाले । त्यहाँ घरपरिवारका सदस्यकै अगाडि उनकी पत्नीसँग भेटेर जान थाले ।

मुकेशका घरपरिवारले यस्तो नगर्न भने तर यो विषयमा प्रियाले उल्टै झगडा गरिन् । फौजी मुकेशले प्रियालाई फोन गरेर पुरानो कुरा विस्रिन भन्दै सम्झाए । तर, प्रिया यस्तो गर्न तयार थिइनन् । पतिले सम्झाउँदा उनीमाथि कुनै फरक आएन् ।

मुकेश छुट्टी लिएर घर आए र पत्नीलाई एकपटक फेरि सम्झाउने प्रयास गरे । तर, उनी अझै मानिनन् । अन्ततः यो घटना प्रहरी चौकी पुग्यो । फौजीले सबैकुरा प्रहरीलाई बतायो । थाना पुगेकी मुकेशकी पत्नी प्रियाले पनि पतिसँग बस्न अस्वीकार गरिन् ।

विहे अगाडिको आफ्नो प्रेम सम्बन्ध सबैका अगाडि खुलेयाम स्वीकार गरिन् । प्रियाले अगाडि भनिन् उनी पतिलाई छोडेर आफ्ना प्रेमीसँग बस्न चाहन्छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...