यस्तो समुद्रः जहाँ कोहीपनि डुब्दैन (फोटोफिचरसहित)

पानीदेखि डराउने बानी हुन्छ कतिपयको । त्यसैले गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् कोही कोही । तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस डुब्दैन र सजिलैसँग तैरिन सक्छ, पौडी नै नखेली ।

संसारको सबैभन्दा होँचो भाग पनि मानिने मृतसागर यस्तो समुद्र हो, जहाँ हाम फाल्दा पनि डुबिँदैन । इजरायल र जोर्डनको बिचमा छ यो समुद्र । मृतसागरको तटीय क्षेत्र पृथ्वीको सबैभन्दा होचो भुभाग हो ।


यो समुद्रलाई नुनीलो सागर पनि भनिन्छ । यो समुद्रको पानीमा नुनको मात्रा अत्यधिक छ । जसका कारण समुद्रमा कुनैपनि वनस्पती र जनावर पाइँदैन ।

मृतसागरको पानीमा नुनका साथै अन्य धेरै खाले लवणहरु पनि पाइन्छ, जो छालाका लागि लाभदायक हुन्छ । मृत सागरमा नुहाउनाले छालाका सबै रोग निको हुने मान्यता छ । मृत सागरमा तैरिनका लागि वर्सेसन लाखौँ पर्यटक पुग्दछन् ।


मृतसागरको अधिकतम गहिराई ३७७ मिटर छ । मृत सागर औषत महासागर भन्दा झण्डै ७ गुणा बढी नुनिलो छ । मृत सागरको लम्बाई ६७ किलोमिटर र चौडाई १८ किलोमिटर छ ।

२०७३ माघ २९ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...