दौडिदा दौडिदै बिहे, जन्ति पनि पछिपछि दौडिए

बेहुला र बेहुली बेपत्तासँग दौडिरहेका छन् । जन्ति पनि उनीहरुको पछिपछि पसिना काढ्दै कुद्छन् । दौडदा-दौडदै बेहुला र बेहुलीले एक-अर्कालाई वरमाला लगाइदिन्छन् । जन्तिहरु दौडदै ताली पिट्छन् ।

के यो कुनै कमेडी सिनेमाको उटपटाङ दृष्य हो ? बिल्कुल होइन । भारतको महाराष्ट्रमा भएको एउटा अनौठो विवाहको झलक हो यो । यस्तो विवाहको बारेमा पहिले सायदै तपाईंले सुन्नुभएको थियो । आखिर के आतुरी परेको रहेछ यी बेहुला-बेहुलीलाई टुसुक्क बस्दासमेत नबसी बिहे गर्नुपर्ने ? कारण यस्तो छ ।

बेहुला नवनाथ र बेहुली पुनम दुवै जना म्याराथन धावक-धाविका हुन् । उनीहरुको एउटा म्याराथन प्रतियोगीताका क्रममा चिनजान भएको थियो । त्यो चिनजान बिस्तारै प्रेममा बदलियो । ३ वर्षसम्म म्याराथन एसोसिएसनमा आवद्ध उनीहरुले प्रशस्त रोमान्स गरे र अन्ततः विवाह गर्ने निधोमा पुगे ।

केटा र केटी दुवै जना आफ्नो विवाहमा केही फरक गरौं भन्ने चाहन्थे । दुवै जना म्याराथन खेलाडी भएकाले उनीहरुले योजना बनाए, दौडदादौडदै बिहे गर्ने । नजिकका साथीभाई र आफन्तलाई पनि यो नौलो विवाहका निम्ति सहमत गराए ।

फलतः बिबाहमा जन्ति जान बोलाइएका पाहुनाहरु सुटबुटमा ठाँटिएर होइन, टिशर्ट र पाइजामा लगाएर आए । बेहुला र बेहुलीले पनि सेरवानी र लेहेंगाको साटो टिसर्ट, पाइजामा नै लगाएका थिए । बेहुलीको घरमा जन्ति पुगेपछि दौड सुरु भयो । अघिअघि बेहुलाबेहुली र पछिपछि जन्ति दौडिन थाले ।

सताराबाट सुरु भएको दौड २५ किलोमिटर टाढा रहेको विवाह दर्ता कार्यालयमा पुगेर टुंगियो । त्यहाँ आफ्नो विवाह दर्ता गरेर उनीहरु कानूनी रुपमा पतिपत्नी भए । त्यहाँबाट बेहुलाको घरमा फर्किने क्रममा पनि सबै जना दौडिए ।

आम मानिसहरुलाई फिटनेसको सन्देश दिन आफूहरुले यस्तो बिबाहको सोच बनाएको बेहुला र बेहुलीले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...