तमिलनाडुमा राजनीतिक संकट: कामचलाउ मुख्यमन्त्रीले गरे विद्रोह

  • काठमाडौं, २७ माघ ।

तमिलनाडुमा राजनीतिक संकट निम्तिएको छ । 

तत्कालिन मुख्यमन्त्री जयललिता जयरामका विश्वासपात्र तथा एआइएडिएमके पार्टी महासचिव भिके शशिकला र कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भम समर्थकबीच खिचातानी बढेपछि तमिलनाडुमा राजनीतिक संकट निम्तिएको हो ।

कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भमले पार्टी महासचिवबाट राजीनामा दिएका छन् । शशिकला, उनी समर्थित नेता र कायकर्ताले आफूलाई राजीनमा दिन बाध्य पारेको बताउँदै जनताले चाहेमा मुख्यमन्त्री पदमा फर्किने बताएका छन् ।

पार्टीमा विद्रोह गरेपछि शशिकलाले पनिरसेल्भमलाई पार्टीको कोषाध्यक्ष पदबाट निष्कासन गरेकी छन् । उनलाई साधारण सदस्यबाट समेत निष्कासन गरिने उनले घोषणा गरेकी छन् ।

शशिकलाले मुख्यमन्त्रीको दिको सपथ लिने तयारी भइरहेकै बेला शशिकला र पनिरसेल्भमबीचको दूरी निकै बढेको छ । पनिरसेल्भमले जयललिताको मृत्युप्रति चौतर्फी आशंका उब्जिएको भन्दै स्वतन्त्र छानविनको माग गरेका छन् ।
एआइएडिएमकेभित्र आन्तरिक द्वन्द बढेपछि पार्टीका कार्यकर्ता पूर्वमुख्यमन्त्री जयललिताको समाधिस्थल एमजिआर स्मारक केन्द्र पुगी बिलौना गरेका छन् ।

एआइएडिएमकेकी महासचिव भिके शशिकलाले तमिलनाडुका कामचलाउ मुख्यमन्त्री ओ पनिरसेल्भमले झुट बोलेको आरोप लगाएकी छन् । आफूले राजीनामा दिन बाध्य पारिएको भन्ने पनिरसेल्भमको दावी पूर्ण रुपमा झुट भएको उनले बताइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...