जनकपुरको कपास पसलमा आगलागी

  • जनकपुर,२६ माघ

जनकपुरको एक कपास पसलमा आगलागी हुँदा १३ लाख भन्दा बढीको क्षति भएको छ । जनकपुरको मिल्सएरियामा रहेको ताज रुई सेन्टरमा मंगलबार राति आगलागी भएको हो ।

जनकपुर उपमहानगरपालिका–१६ पुलचोकका मो.अयुव हुसेनले काठको घरमा सञ्चालन गरेको रुई पसलमा मंगलबार राति ८ बजे आगलागी भएको हो । आगलागीका कारण पसलको सबै समान जलेको छ ।

रुईको पसल भएकाले आगो एकै छिनमा घरभरि फैलिएको थियो । वारुणयन्त्र, प्रहरी, स्थनीय बासिन्दाको प्रयासमा आगो निभाइएको थियो ।

आगो कसरी लागेको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक देवलाल यादवले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...