यी हिरोइनलाई आमाबुवाले कुटेर किन घरबाट निकाले ?


बलिउड इन्डस्ट्रीमा यस्ता केही सुपरस्टार छन्, जसलाई आफ्नै बा–आमासंग बस्नै मन पर्दैन । यसमा कलाकार अमिषा पटेलको नाम पनि आउँछ ।

यो कुरा जगजाहेर छ कि अमिषा आफ्नो अभिभावकसंग नजिक हुनै चाहँदिनन् । उनको घरमा आपसमै कलह मच्चिने गर्छ ।

अमिषा पटेलले आफ्ना बाबुमाथि आफ्नो पैसा बर्बाद गरेको आरोप लगाएकी थिइन् । यो विवाद त्यो समयमा चर्चामा आयो जब अमिषाले आफ्नै बाबुका विरुद्ध उजुरी दिइन् । साथै १२ करोड रुपैयाँँ हर्जना भर्न पनि उनले माग गरिन् ।

यसपछि यो विवाद झन बढ्यो जब अमिषाकी आमाले उनलाई घरभन्दा बाहिर निकालिन् । साथै उनलाई चप्पलले पिटेकी पनि थिइन् । यो कुरा स्वयम् अमिषा नै मिडियालाई बताएकी थिइन् । अमिषाकी आमाको नाम आशा पटेल हो भने बाबुको अमित पटेल हो ।

अमिषाका एक भाई पनि छन् । जसको नाम अश्मित पटेल हो । अमिषा जस्तै अश्मित पनि एक कलाकार हुन् । एक समय अमिषा निकै चर्चित बनेकी थिइन् उनले ऋतिक रोशनसंग फिल्म ‘कहो ना प्यार हैं’ बाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।

यो फिल्म बक्स अफिसमा सफल भएको फिल्म भएको मानिन्छ । यसका साथै अमीषाले फिल्म ‘गदर’ और ‘हमराज’ मा पनि अभिनय गरेकी छन् । फिल्म ‘गदर’ मा उनले गरेको कामले अवार्ड पनि दिलाएको थियो । आजभोली भने अमिषा फिल्म दुनियाबाट टाढा छन् । अमिषाको अन्तिम फिल्म ‘देशी मैजिक’ हो ।
मुम्बई । 

,

प्रतिकृया दिनुहोस्

Loading...