वीरगञ्जमा बाघको आक्रमणबाट प्रहरीसहित नौ जना घाइते, चारको अवस्था गम्भिर
- पर्सा, २५ माघ ।
पर्साको लखनपुर र रामनगरी गाविसमा बाघको आक्रमणबाट चारजना प्रहरीसहित नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई प्रहरी र दुई स्थानीय गरि चार जनाको अवस्था गम्भिर छ । आज बिहान लखनपुरको एकडरवा गाविसस्थित गहुँ बारीमा अचानक देखा परेको बाघलाई हेर्न गएका स्थानीयवासीलाइ बाघले आक्रमण गरेपछि बचाउन गएका प्रहरीहरुलाइ पनि बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अरुण कुमार झा र प्रहरी हवल्दार दिपेन्द्र यादव, पर्साको लखनपुर गाविस वडा नम्बर ९ का १८ वर्षिय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी ,लखनपुर ८ एकडरवा निवासी ४८ वर्षिय आसमन राउत कुर्मी , त्यही ठाँउका १८ वर्षिय तुफान कुर्मी र रामनगरी २ का ६० वर्षिय रघुवीर साह कानु् घाइते भएका हुन् ।
घाइतेमध्ये प्रहरी निरिक्षक शाह, प्रहरी सहायक निरिक्षक झा , लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाइ थप उपचारका लागि नेपाली सेनाको एन.ए ०५३ हेलिकप्टरबाट काठमाण्डौ पठाएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।
अन्य घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने बाघलाइ प्रहरीले गोली हानेर मारीसकेको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...