बागमती सरसफाई अभियान : २ सय हप्तामा बिशेष कार्यक्रम

  • काठमाडौं, २४ माघ ।

बागमती सरसफाई अभियान शुरु भएको २ सय हप्ताको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । फागुन २८ गते यस्तो बिशेष कार्याक्रम आयोजना हुने भएको हो ।

यसको लागि मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बिभिन्न सरकारी निकायमा पदाधिकारी, सरसफाइ अभियन्तालगायतको सहभागिता रहने गरि ३५ सदस्यीय समिति गठन हुने भएको छ ।

त्यस्तै, बिशेष कार्यक्रम आयोजक समितिको बैठक पनि फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...