बाजुराका २ दर्जन बाढी पहिरो पिडितले पाए राहत
- लक्ष्मीराज उपाध्याय
- बाजुरा,२५ माघ ।
बाढी पहिरोबाट विस्थापित बाजुराका २ दर्जन घर परिवारले राहत पाएका छन् ।
दैविक प्रकोप उद्धार समितीकाे सिफारीसमा कारीतास नेपालले जोखिममा परेका बडिमालिका नगरपालिका ९ का ४२ घर मध्ये दोस्रो पटक पहिरोबाट विस्थापित २४ परिवारलाई राहत वितरण गरेकाे हाे ।
गत साउनको मुसलधारे पानीका कारण जिल्लाका केहि गाविसहरूकाे धन जन तथा भौतिक संरचनामा ठुलो असर परेको थियो भने केही गाउँहरु अझै पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।
कारीतास नेपालले गत साउनमा नै पहिलो पटक १७ लाख बराबरको लत्ता कपडा र खाद्यान्न बितरण गरेकाेमा अाज दोस्रो पटक सात लाख बराबरको लत्ता कपडा, शैक्षिक सामग्री र पहिरोले बगाएको खानेपानीको योजना सुचारु गर्नको लागि पाइप समेत बितरण गरेको छ।
वर्षातसंगै गएकाे पहिरोका कारण जिल्ला स्वास्थ्य कार्यालय, समरजित गुल्म नेपाली सेना व्यारेक, जिल्ला कारागार शाखा, जिल्ला सिंचाई कार्यालय, बाजुरा क्याम्पस र रेडीयो पौरखीको स्टेशन टावर पनि प्रभावित बनेका थिए ।
यसैबिच बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी भिमबाहादुर शाहीले यस प्रकारकाे राहत सरकारले दिनु पर्ने भन्दै त्यसाे हुन नसकेकाेमा दुख पाेखे । उनले कारीतास नेपालकाे माध्यमबाट पहिलो पटक विस्तापितले ठुलो मात्रामा राहत पाएकाे बताए ।
यस्तै कारीतास नेपाल सुदुर तथा मध्य पश्चिम संयोजक जनक शर्माले अाफुहरूले दिएको राहतले पिडितकाे घाउमा मलम लगाउन सहयाेग गर्ने बताए ।

प्रतिकृया दिनुहोस्
Loading...