स्मार्ट भिखारीः जसले एटिएम र क्रेडिट कार्डबाट भिख लिन्छन्
भिखारी भन्नेबित्तिकै सडक किनारामा भाँडो थापेर बसी मागिरहने र बटुवाले दयाले दिने धेरथोर खुद्रा पैसा जम्मा गरिरहने गरीब मान्छे बुझ्छौँ हामी ।
तर यो दुनियामा यस्ता भिखारी पनि छन् जसले खुद्रा पैसा नगदमा लिँदैनन् । स्मार्ट तरिकाले भिख लिन्छन्, अर्थात् एटिएम कार्ड तथा क्रेडिट कार्डमार्फत भिख लिन्छन् ।
अमेरिकाको डेट्रोेइटमा बस्ने ४२ वर्षका एब ह्यागनस्टोन सायद दुनियाँका एकमात्र त्यस्ता भिखारी हुन्, जसले स्मार्ट तरिकाले भिख माग्छन् । उनले पछिल्ला केही वर्षदेखि यस्तो गरिरहेका छन् ।
धेरै मानिसले भिखारीलाई दान नदिनका लागि आफूसँग खुद्रा पैसा नभएको बहाना बनाउँछन् । तर यी भिखारीसामु यस्तो बहाना काम लाग्दैन । यदि आफूसँग खुद्रा पैसा नभएको भनेर कसैले भन्यो भने ह्यागनस्टोनले आफूलाई कार्डबाट पैसा दिन अनुरोध गरिहाल्छन् ।
उनले एउटा यस्तो मेसिन किनेका छन्, जसले भिसा डेबिट कार्ड तथा मास्टर कार्ड र अमेरिकन कार्ड जस्ता क्रेडिट कार्ड सपोर्ट गर्दछ । खुद्रा पैसा नहुने तर भिखारीलाई भिख दिन चाहने मानिसहरुलाई उनले सोही मेसिन दिन्छन् र मेसिनमा कार्ड छिराएर दाताहरुले आफुले चाहेको खुद्रा पैसा उनलाई भिख दिन सक्छन् ।
डेट्रोइटको मूल सडकमा रातो बत्तीमा गाडी रोकिँदा सडकमै झरेर भिख माग्छन् उनी । रातो बत्ती सकिँदा सम्म उनले रोकिएका गाडीहरुमा स्मार्ट मेसिनमार्फत भिख माग्ने कार्य सकिसकेका हुन्छन् ।
यी भिखारीले केवल स्मार्ट तरिकाले भिख माग्ने मात्र होइनन् उनले लिंक्डइनमा आफ्नो प्रोफाइल पनि बनाएका छन् । उनले आफूसँग एउटा बोर्ड पनि राखेका हुन्छन्, जसमा लेखिएको हुन्छ ः होटलको आवश्यकता छ, आवास भरिसकेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्
Loading...