सुदूरपश्चिमको दार्चुला फेरी भूकम्पको धक्का

  • बैतडी, २८ माघ

सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर शुक्रबार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ११ बजेर १३ मिनेट जाँदा भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक केदार खनालले भूकम्पबाट कुनै क्षति नभएको सूचना प्राप्त भएको जानकारी दिए ।

यसअघि माघ २५ गते राति पनि भारतको उत्तराखण्ड प्रदेशको बद्रीनाथ क्षेत्र आसपास केन्द्र बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा त्यसको असर नेपालको सुदूरपश्चिम क्षेत्रमा महसुस भएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...