दमन गर्ने सरकारी सडयन्त्रबिरुद्ध विप्लव माओवादी सडकमा

  • काठमाडौं, २१ माघ ।
सरकारले माओवादी पार्टीमाथि निगरानी, धरपकड र दमन बढाउने तयारी थालेको भन्दै त्यसको विरोधमा नेकपा (माओवादी) शुक्रबार प्रदर्शनमा उत्रिएको छ ।

अपरान्ह ३ बजे काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट बिरोध र्याली सुरु भएको छ । बिरोध प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, सुन्धारा हुदै जुद्द शालिक न्युराेड चोक पुगेर टुंगिने बताइएको छ ।


प्रचण्ड नेतृत्वको सरकारबिरुद्ध नाराबाजी गर्दै माओवादीका हजारौं युवा विरोध प्रदर्शनमा उत्रिएका त्यहाँबाट इमान्दार मिडिया सहकर्मी बुद्धशरण शाहीले बताए ।

आजको कार्यक्रमलाई माओवादी स्थायी समिति सदस्य सन्तोष बुढाले सम्बोधन गर्ने अखिल क्रान्तिकारीका उपत्यका संयोजक लोकेश विश्वकर्माले जानकारी दिए ।

बिहिबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को वैठकमा नेकपा (माओवादी) माथि निगरानी र धरपकड बढाउने छलफल भएको माओवादीले जनाएको छ ।

यसरी सरकार आफैले भिडन्त निम्त्याउन थालेको भन्दै माओवादीले कडा आपत्ति समेत जनाएको छ । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा (माओवादी) ले आगामी फागुन १ गते आठौं महाधिवेशन गर्दै छ ।



, ,

प्रतिकृया दिनुहोस्

Loading...