मौरीको उपद्रोका कारण श्रीलंका र दक्षिण अफ्रिकाको खेल रोकियो
- काठमाडौं, २३ माघ ।
यस्तै घटना क्रिकेटमा भएको छ। श्रीलंका र दक्षिण अफ्रिकाविरूद्ध जोहनेसवर्गमा शनिवार राति भएको तेस्रो एकदिवसीय क्रिकेट मौरीको उपद्रोका कारण रोकिएको थियो।
दक्षिण अफ्रिकाले टस जितेर श्रीलंकालाई ब्याटिङको निम्तो दिएको खेलमा भ्रमणकारी टोली १ सय ६३ रनमा अल आउट भयो।
श्रीलंकाले ब्याटिङ गर्ने क्रममा २७ ओभरमा मैदानमा अत्याधिक मात्रामा मौरी प्रवेश गरेपछि खेललाई करिब एक घण्टा रोक्नु परेको थियो। यतिबेला श्रीलंकाको योगफल १ सय १७ रनमा ४ विकेट थियो।
मौरी धपाउन मैदानमा काम गर्नेहरूले आगो निभाउने ठूलो स्प्रेको प्रयोग गरेका थिए। यो घटनापछि श्रीलंकाले २३ ओभरमा ४६ रन जोड्दै ६ विकेट गुमाएको थियो। खेल दक्षिण अफ्रिकाले ७ विकेट लिए जितेको थियो।
मौरी धपाउन मैदानमा काम गर्नेहरूले आगो निभाउने ठूलो स्प्रेको प्रयोग गरेका थिए। यो घटनापछि श्रीलंकाले २३ ओभरमा ४६ रन जोड्दै ६ विकेट गुमाएको थियो। खेल दक्षिण अफ्रिकाले ७ विकेट लिए जितेको थियो।
प्रतिकृया दिनुहोस्
Loading...