गाडी, घरजग्गा र सेयरमा बैंकहरुले अब दिने छैनन् ऋण


  • काठमाडौं २७ माघ । 
बैंकहरुले अब तत्कालका लागि गाडी, घर जग्गा र सेयरका लागि नयाँ कर्जा नदिने भएका छन् । अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सचेत गराएको थियो । 

त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स एशोसिएसनमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबीच छलफल भएको छ । छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र सेयर धितो ऋण रोक्ने सहमति भएको छ ।

‘हामीले कर्जा योग्य लगानी अभाव भइरहेको यो समयमा तत्काललाई यी कर्जामा लगानी नगर्ने गरि सहमत भएका हौं, सधै यी कर्जामा लगानी हुँदैन भन्ने पनि होइन,’ बैंकर्स एशोसिएशनका उपाध्यक्ष किशोर महर्जनले भने । तर हालाई भने यी क्षेत्रमा नयाँ कर्जा जाने छैन् ।

अनुत्पादक क्षेत्रमा तत्काललाई लगानी भइरहेको भन्दैे बैंकहरु आफैलाई संयमित हुन विहीवार भएको छलफलमा राष्ट्र बैंकल निर्देशन दिएको थियो । 

वाणिज्य बैंकहरुको ओभरड्राफ्ट, घरजग्गा र सेयर धितोमा कुल कर्जाको ७३ प्रतिशतसम्म कर्जा लगानी भएको देखिएको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...