तुलसीपुर महोत्सवमा ऊँट र चौँरीको आकर्षण
- दाङ, १९ माघ ।
प्रदर्शकले ऊँटका लागि हिटर र चौँरी गाईका लागि एसी, कुलर तथा पङ्खाको व्यवस्था गरेर मौसम अनुकूल बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक विमल रिजालले जानकारी दिए । उनका अनुसार मङ्गलबार पनि ऊँट, चौँरी गाई, अस्ट्रिचलगायतका पशुपक्षी हेर्नेको ठूलो भीड लागेको थियो ।
मरुभूमि तथा हिमालमा पाइने जनावर तथा पशुपक्षी महोत्सवमै हेर्न पाएपछि दर्शकले खुसी व्यक्त गरेका छन् । ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष ललितबहादुर वलीले मरुभूमि र हिमालमा मात्र पाइने पशुपक्षी महोत्सवमा अवलोकन गर्दा एकदमै खुसी महसुस भएको प्रतिक्रिया दिए ।
यसैबीच मङ्गलबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ भने राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार हेमन्त शर्मा, नेत्र भण्डारी, केशव सापकोटा, अस्मिता बस्नेत, वनकुमारी सुनार, रेश्मा पुन, बिन्दु परियार, झरना रिसाललगायतका कलाकारले भरपुर मनोरञ्जन दिएका थिए ।
त्यसैगरी, महोत्सवमा रहेका कक्षमा पनि किनमेल गर्ने तथा बाल उद्यानमा रमाइलो गर्नेको समेत उल्लेख्य भीड लागेको छ ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बाल उद्यानमा पुगेर भरपुर मनोरञ्जन लिएको बाल उद्यान संयोजक यज्ञबहादुर केसीले जानकारी दिए ।
बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बाल उद्यानमा पुगेर भरपुर मनोरञ्जन लिएको बाल उद्यान संयोजक यज्ञबहादुर केसीले जानकारी दिए ।
त्यस्तै, यस क्षेत्रको कृषिको प्रवद्र्धन, किसानलाई व्यावसायिक बनाउने, पर्यटन र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थलमा राखिएकामध्ये १० भन्दा बढी कक्षमा कृषि उपजका सामान राखिएको छ ।
महोत्सवलाई सभ्य, पारदर्शी र भव्य बनाउनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घले सबै तह र तप्कालाई परिचालन गरेको छ ।
महोत्सवमा मङ्गलबार मात्रै रु ६० लाखभन्दा बढीको कारोबार भएको आर्थिक संयोजक ललितजङ्ग शाहले जानकारी दिए ।
महोत्सवमा मङ्गलबार मात्रै रु ६० लाखभन्दा बढीको कारोबार भएको आर्थिक संयोजक ललितजङ्ग शाहले जानकारी दिए ।
तुलसीपुरस्थित अरनिको मैदानमा जारी महोत्सवमा पाँचलाख दर्शकलाई सहभागी गराउने, रु २० करोडको आर्थिक कारोबार गर्ने र त्यसबाट रु एक करोड बहुउद्देश्यीय सभागृह निर्माणका लागि बचत गर्ने लक्ष्य रहेको आयोजकले जनाएका छन् ।
‘स्वदेशी उत्पादन प्रयोग गरौं, सवल राष्ट्रिय अर्थतन्त्रको निर्माण गरौँ’ भन्ने नाराका साथ माघ १३ गतेदेखि सुरु भएको महोत्सव माघ २३ गतेसम्म जारी रहनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...