काठमाडौंवासीले दैनिक खान्छन् २ करोडको मःम , सबैभन्दा बढी बफ

  • काठमाडौँ४ फागुन ।
काठमाडौंको सडक किनारका ठेलादेखि तारे होटलसम्म पाइने खाजा हो मःम । सर्वसाधारणदेखि भिआइपीसम्म यसका पारखी छन् । थरीथरीका मःमको मात्रै दैनिक करोडौंको कारोबार हुन्छ।

फास्टफुड व्यवसायमा मःम सर्वाधिक लोकप्रिय छ । स्वादिलो र भोक मेट्ने भएकाले मःम खाजाका रुपमा धेरैका लागि पहिलो रोजाइमा पर्ने गरेको छ। नेपालीले पैसा, स्वाद र सन्तुष्टिका हिसाबले पनि अन्य खाजाभन्दा मःमलाई नै प्राथमिकता दिने गरेका छन् ।

काठमाडौंका पाँच तारे होटलदेखि सडकको छेउमा ठेलागाडामा समेत मःम नै ग्राहकहरुले खाजामा धेरै रोज्ने गरेका छन् । मःम एक प्लेटको ६० रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ।

नेपालमा दैनिक रुपमा कति मःम बिक्री हुन्छ र कति होटेल तथा रेस्टुरेन्टहरुबाट मःम बिक्री हुन्छ भन्ने आधिकारिक तथ्यांक छैन। व्यवसायीको अनुमानअनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक दुई करोड रुपैयाँको मःम बिक्री हुन्छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...