चमेलिया जलविद्युत आयोजनाको काम अन्तिम चरणमा
- बैतडी,२५ माघ ।
दार्चुलाको शिखर बलाँचमा रहेको निर्माणाधीन ३० मेगावाटको चमेलिया आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना चमेलिया सन् २०१७ डिसेम्बरसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको चमेलिया जलविद्युत आयोजनाका आयोजना प्रमुख अजय दाहालले बताए ।
८ सय ४३ मिटर खुम्चिएको सुरङ मध्ये ६ सय ११ मिटर काम सम्पन्न भएको अवस्थामा सन् २०१५ फेब्रुअरी १० देखि काम बन्द भएको थियो । सुरुङ पुनर्निर्माण गर्नका लागि लागत बढी लाग्ने भन्दै निर्माण कम्पनीले थप बजेट माग गरेपछि काम बन्द भएको थियो ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनीबिच सहमति भएर बाँकी रहेको २ सय ३२ मिटर सुरुङको काम २८ सेप्टेम्बर २०१६ बाट फेरि सुरु भएको थियो । अब ३२ मिटर मात्रै निर्माण गर्न बाँकी रहेको आयोजना प्रमुख दाहालले जानकारी दिए ।
अहिलेसम्म ४ सय १२ वटा टावर र १ सय ३२ केभीको १ सय ३१ किलोमिटर ट्रान्समिसन विद्युत्त प्रशासरण लाइनको काम सकिएको छ । अहिलेसम्म आयोजनाको ९७ प्रतिशत काम सकिएको छ ।
सन् २००७ देखि निर्माण सुरु गरिएको चमेलिया जलविद्युत्त आयोजनामा जम्मा १५ अर्ब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...