साल्ट ट्रेडिङमा मौज्दात सकियाे, चिनीमा समेत कालोबजारी गर्छन व्यपारी
- काठमाडौं,२६ माघ ।
माग अनुसारको आपूर्ति नहुँदा चिनीको कालोबजारी हुन थालेको छ । चिनीको अभाव भएसँगै कालोबजारी सुरु भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनमा लगभग चिनीको मौज्दात सकिएको छ ।
व्यापारीले आफ्नो तरिकाले खरिद र बिक्री गर्दा भाउ बढेको हो । बजारमा अहिले थोक पसलले किलोमा ५ रुपैयाँ र खुद्रा पसलेले १० रुपैयाँसम्म चिनीको मूल्य बढाएका छन् ।
तर खुद्रा पसलै पिच्छे चिनीको मूल्य फरक फरक पाइएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए ।
साल्ट ट्रेडिङका विभागीय प्रबन्धक पंकज जोशीले चिनीको आपूर्तिका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको जानकारी दिए ।
साल्ट ट्रेडिङका विभागीय प्रबन्धक पंकज जोशीले चिनीको आपूर्तिका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको जानकारी दिए ।
ग्लोबल टेण्डरका लागि प्रक्रिया सुरु भएको उनले जानकारी दिए। माग अनुसारको चिनीको उत्पादन नहुँदा हरेक वर्षको कात्तिक मंसिर महिनापछि चिनीको अभाव हुने गरेको छ ।
विभिन्न तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै २ लाख ३० हजार मेट्रिक टन चिनीको माग छ । तर १ लाख ३० हजार मेट्रिक टनको हाराहारीमा मात्रै उत्पादन हुने गरेको छ ।
विभिन्न तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै २ लाख ३० हजार मेट्रिक टन चिनीको माग छ । तर १ लाख ३० हजार मेट्रिक टनको हाराहारीमा मात्रै उत्पादन हुने गरेको छ ।
स्वदेशी उत्पादनले माग नधान्दा विदेशबाट आपूर्ति गर्नु पर्ने बाध्यता छ । स्वदेशी चिनीको लागि झण्डै ३ प्रतिशत मात्रै कर तिर्नुपर्ने र बाहिरी देशबाट आयात गर्दा ३० प्रतिशत कर लाग्ने हुँदा चिनीको भाउ बढ्न गएको साल्ट टेड्रिङको भनाई छ ।
किसानलाई उखु उत्पादनमा प्रोत्साहन दिन र समयमा नै उखुको मूल्य निर्धारण गर्न नसक्दा उखुको उत्पादन घट्दो क्रममा छ । बजारमा चिनी अभाव हुन नदिन झण्डै पाँच अर्ब रुपैयाँको चिनी किन्न प्रक्रिया अघि बढाए पनि अर्थ मन्त्रालयमा थन्किएको आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्
Loading...