टेलिकमका प्रिपेड ग्राहकलाई अाजबाट फोर-जी सेवा, सुरु हुने भयो सिआरबिटी पनि
- काठमाडौं, २२ माघ ।
नेपाल टेलिकमले शनिबारदेखि जीएसएम प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा दिने भएको छ ।
सिआरबिटी सेवा लिएपछि आफूले मन परेको गीत सेट गर्न सकिन्छ । त्यसपछि फोन गर्नेले त्यो गीत सुन्न सक्छ । त्यसबापत निश्चित रकम ब्यालेन्सबाट काटिन्छ ।
त्यो रकममध्येको केही प्रतिशत गीतका सर्जकलाई उपलब्ध गराउने गरिन्छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकलाई केही नयाँ अफर घोषणा गर्ने तयारी पनि गरेको छ ।
पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गर्दा टेलिकमले फोर-जी सेवा दिन लागेको हो । काठमाडौं र पोखराका प्रिपेड ग्राहकलाई मात्र यो सेवा उपलब्ध हुनेछ ।
गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।
यस्तै शनिबारदेखि कल रिङ ब्याक टोन (सिआरबिटी) सेवा फेरि सुरु गर्दैछ । केही समयअघिदेखि बन्द सेवा शनिबारदेखि फेरि दिन लागेको टेलिकमले जनाएको छ ।गत पुस १७ गतदेखि टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो । अब टेलिकमको वाषिर्क उत्सवका अवसर पारेर फोरजीको प्रिपेडमार्फत ब्यवसासयिक लञ्चिङ गर्न लागिएको हो ।
सिआरबिटी सेवा लिएपछि आफूले मन परेको गीत सेट गर्न सकिन्छ । त्यसपछि फोन गर्नेले त्यो गीत सुन्न सक्छ । त्यसबापत निश्चित रकम ब्यालेन्सबाट काटिन्छ ।
त्यो रकममध्येको केही प्रतिशत गीतका सर्जकलाई उपलब्ध गराउने गरिन्छ । १३ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले ग्राहकलाई केही नयाँ अफर घोषणा गर्ने तयारी पनि गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...