मधेसका सशस्त्र समूह सिध्याउने एसएसपी अमात्यले अब काठमाडौंका गुण्डा तह लगाउने
- काठमाडौं, २६ माघ ।
उपत्यकामा हुने जघन्य अपराधको अनुसन्धान गर्ने महानगरीय अपराध महाशाखाको नेतृत्व १९ महिनासम्म सम्हालेका एसएसपी सर्वेन्द्र खनाल सरुवा भएसंगै त्यो कुर्सीमा अर्का एसएसपी दिनेश अमात्य आएका छन् ।
महाशाखाको नेतृत्व सम्हाल्न आइपुगेका दिनेश अमात्य पनि सर्वेन्द्र खनालका एउटै ब्याजी हुन् ।दिनेश अमात्य त्यस्ता व्यक्ति हुन् जसले तराई मधेका विभिन्न जिल्लामा भूमिगत सशस्त्र समूहलाई निस्तेज पारिदिएका छन् । पछिल्लो टीकापुर घटनासमेत उनैले साम्य पारेका हुन् ।
एसएसपी खनालले गुण्डा नाइके कुमार घैंटेको इन्काउण्टरदेखि विद्युत चोरी गर्ने सरकारी कर्मचारीसम्मलाई ठेगान लगाए । यसले सर्वेन्द्र खनालको मात्रै चर्चा भएन, अपराध महाशाखाकै शाख उच्च बनायो ।
सर्वेन्द्र अघिका प्रहरी अधिकृत एसएसपी पुष्कर कार्कीले पनि ७ वर्षअघि भएको चाचन हत्याकाण्डदेखि चरी डनको इन्काउण्टरसम्म गरेर महाशाखाको शाख माथि पुर्याएका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालका नाममा महिलामाथि भैरहेको अराजकता पनि निकै डरलाग्दो बन्दै गएकाले साइबर अपराध पनि आफ्नो प्राथमिकतामा पर्ने एसएसपी अमात्यले बताए ।
पछिल्लो समय सामाजिक सञ्जालका नाममा महिलामाथि भैरहेको अराजकता पनि निकै डरलाग्दो बन्दै गएकाले साइबर अपराध पनि आफ्नो प्राथमिकतामा पर्ने एसएसपी अमात्यले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...