वाशिङटनका मुख्यले पाकिस्तानबारे ट्रम्पलाई दिए यस्तो सुझाव
- एजेन्सी, २६ माघ ।
वाशिङटनका मुख्य थिंक ट्याङ्कहरुले दक्षिण एशियाली मुस्लिम बहुल राष्ट्र पाकिस्तानप्रति कठोर नीति अख्तियार गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाव दिएका छन् । यस सम्वन्धमा उनीहरुले राष्ट्रपतिलाई १८ पन्ने गोप्य रिपोर्ट बुझाएका छन् ।
‘पाकिस्तानप्रति यस्तो नीति अपनाउनुपर्छ, जसबाट उसले त्यस क्षेत्रमा आतंकवादलाई मलजल गर्ने व्यवहारको मूल्य चुकाउनुपरोस्,’ थिंक ट्याङ्कहरुको राय छ, ‘उसलाई सन्देश दिनुपर्छ कि अफगान तालिबान र हक्कानी नेटवर्कलाई सहयोग गर्न तुरुन्त बन्द गरोस् र यदि बन्द नगरेको खण्डमा उसलाई आतंकवादलाई प्रायोजित गर्ने देश घोषित गर्न सकिनेछ ।’
सूत्रका अनुसार यो रिपोर्ट नेसनल सेक्युरिटी काउन्सिल, गुप्तचर संस्था सीआईए, पेन्टागन र विदेश विभागलाई पठाइसकिएको छ । यो रिपोर्टको विशेष महत्व किन छ भने यसलाई हेरिटेज फाउन्डेसन र हडसन इन्स्टिच्युटको तर्फबाट जारी गरिएको हो, जुन ट्रम्प प्रशासनसँग निकै नजिक रहेको विश्वास गरिन्छ ।
रिपोर्टमा ट्रम्प प्रशासनलाई भारत र पाकिस्तान बीचको तनावमा अझै तीव्रताको निम्ति तयार रहन भनिएको छ र परमाणु हतियारबाट सुसज्जित दुवै देशबीच युद्धको अवस्था नआओस् भन्नका खातिर पहिलेदेखि नै योजना बनाउन सल्लाह दिइएको छ ।
रिपोर्टमा भनिएको छ, ‘पाकिस्तानी अधिकारीहरु बन्द कोठाभित्र अक्सर भन्ने गर्छन् कि लश्कर ए तोयबा र जैश ए मोहम्मद जस्ता गुट अत्यन्त शक्तिशाली छन् र उनीहरुको जरा निकै गहिरो छ, त्यसैले उनीहरुविरुद्ध कारवाही गर्न उति सजिलो छैन ।
अमेरिकाले यी गुटहरुविरुद्ध कारवाही नगर्ने यी बहानाबाजीबाट सन्तुष्ट हुनुको साटो यो स्पष्ट गरिदिनुपर्छ कि ‘उसको जमीनमा सक्रिय सबै आतंकवादी गुटहरुका निम्ति उसलाई जिम्मेवार ठहर गरिनेछ ।’
‘पाकिस्तानका तर्फबाट अझै पनि समुचित कारवाही नभएको खण्डमा अमेरिकाले पाकिस्तानी फौज र आइएसआइका ती अधिकारीहरुको एउटा सूची बनाउनुपर्छ, जसको आतंकवादी गुटसँग सम्वन्ध छ र उनीहरुलाई अमेरिका आउन प्रतिवन्ध लगाइदिनुपर्छ,’ रिपोर्टमा भनिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...