प्रिमियर लिगमा सान्चेजको दुई गोलसँगै आर्सनल विजयी

- काठमाडौं, १ फागुन ।
एलेक्स सान्चेजको दुई गोलको मदतमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटीलाई पराजित गरेको छ ।
शनिबार भएको खेलमा आर्सनलले रेलिगेशन जोनमा रहेको हल सिटीलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले ३४ औं मिनेटमा सान्चेजको गोलबाट अग्रता लिएको थियो ।
अतिरिक्त समयको खेलको पहिलो मिनेटमा नै हल १० खेलाडीमा सिमित भयो भने आर्सनलले पेनाल्टी पायो ।
हृयाण्ड बलका कारण हलका साम क्लुकसले रातो कार्ड पाएका हुन् । पेनाल्टीमा सान्चेजले नै गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।
जितसँगै आर्सनलको २५ खेलबाट ५० अंक भएको छ । हल २० अंकसहित रेलिगेशन जोनमा छ ।
प्रतिकृया दिनुहोस्
Loading...