गजल : अरे मेरी प्रियतमा


देख्छु त्यहाँ हेर्छु जता, अरे मेरी प्रियतमा ।
छिन्नलता पुष्पलता, अरे मेरी प्रियतमा ।।

म संकीर्ण अनि तिम्रो जवानी छ भरिपूर्ण, ।
स्पर्शमा माधुर्यता, अरे मेरी प्रियतमा ।।

तिम्र केश ललाट, ओठ सबथोक अच्चामका ।
आहा ! कस्तो बिबिधता, अरे मेरी प्रियतमा ।।

तिमी भन्दा फुल नराम्रो तिमि भन्दा जुन नराम्रो ।
साच्चै यै हो यथार्थता , अरे मेरी प्रियतमा।।

तिम्रो आलिङ्गमा स्वर्णिम सुख भेट्टाउछुँ ।
यो मौसम यो सौहार्दता , अरे मेरी प्रियतमा ।

  • रेशम अधिकारी -ऋक्तात्मा अविरल


प्रतिकृया दिनुहोस्

Loading...