सुनको मूल्य ६ सयले घट्यो



काठमाडौं, २८ माघ ।

साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ।

महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५५ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य यस दिन ५५ हजार २ सय रुपैयाँमा झरेको छ।

यो मूल्य ९९. ९ प्रतिशत शुद्ध फाइन सुनको हो। ९९. ५ प्रतिशत शुद्ध स्टाण्डर्ड सुनको मूल्य योभन्दा ३ सय रुपैयाँले कम हुने गर्दछ।

अघिल्लो दिन ८ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ८ सय ५ रुपैयाँ कायम भएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...