आइएसद्वारा रेडक्रसका ६ कर्मचारीको हत्या
- एजेन्सी, २७ माघ ।
बिद्रोही संगठन इस्लामिक स्टेटका लडाकुले अन्तर्राष्ट्रिय रेड क्रस समिति (आइसिआरसी) मा कार्यरत ६ जनाको हत्या गरेका छन् ।
अफगानिस्तानको जोव्जान प्रान्तमा भएको घटनामा आइसिआरसीमा काम गर्ने ६ जना अफगानी नागरिकको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उनीहरुलाई बन्दुकधारी आइएसका लडाकुले कुश तेपा क्षेत्रमा गोली हानेका हुन् ।
दुई जना रेड क्रसकर्मी बेपत्ता रहेको प्रान्तिय गभर्नरले बताएका छन् । उनीहरुलाई आइएसका लडाकुले अपहरण गरेको आशंका छ । आइसिआरसीले घटनाको पुष्टि गर्दै हत्या कसले र किन गरेको हो भन्ने थाहा नभएको जनाएको छ ।
आइसिआरसीले इराकमा गर्दै आएको काम अस्थायी रुपमा बन्द गरेको छ । आइएसले सन् २०१५ देखि इराकमा हिंसात्मक गतिविधि गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...