विकासको अनुभूति गर्न जनतालाई १५ वर्ष लाग्छ - ऊर्जा मन्त्री
इलाम,२२ माघ ।
ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले उर्जा क्षेत्रमा लगानी बढाई औद्योगीकरणमार्फत १५ वर्षभित्रमा जनताले विकासको अनुभूति हुने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
पूर्वी नेपालमा निर्माण हुँदै आएका विद्युत आयोजना र प्रशारण लाइनको निरीक्षणपछि शनिबार इलाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्र्माले सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताए ।
सरकार भित्रकै मन्त्रालयहरुको समन्वय नहुँदा एउटा फाइल ९ महिनासम्म अल्झिने गरेकाले आफूले हस्तक्षेपकारी तरिकाले काम गर्दै आएको मन्त्री शार्माको भनाई थियो ।

उर्जा मन्त्रालयले सञ्चालन गरेका जिल्लास्तरका योजना असार मसान्तभित्र सक्ने योजना मन्त्रालयको रहेको भन्दै उनले तोकिएको समयमा काम नसके सम्बन्धित योजना प्रमुखलाई कारबाही गर्ने बताए ।
जग्गा मुआब्जाका कारण समयमा काम हुन नसकेको काबेली कोरिडोर विद्युत प्रशारण लाइन आगामी जेठ भित्र सम्पन्न गरिसक्न सम्बन्धितलाई निर्देशन समेत दिइएको मन्त्री शर्माले बताए ।

जनताकै लगानीमा जलविद्युत् उत्पादन गर्न उर्जा मन्त्रालयले उज्यालो नेपाल अभियान कार्यक्रम अन्तर्गत ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई अगाडि सारेर कार्यक्रम गर्दै आएको उनको भनाई छ ।
साना–ठूला जलविद्युत परियोजनाहरुको निर्माण जनताकै लगानीमा सम्भव हुने भन्दै मन्त्री शर्माले यस्तो अभियान सञ्चालन गरिएको बताए । मन्त्री शर्माले सात सय ६२ मेगावाटको तमोर जलशाययुक्त जलविद्युत परियोजनालाई सरकारले जनतासँग मिलेर स्वदेशी लगानीमै बनाउने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङसहित पूर्वी नेपालको भ्रमणका निस्किनुभएका मन्त्री शर्माले ताप्लेजुङ, पाँचथर, इलामका विद्युत आयोजना र प्रशारण लाइनको निरीक्षण गरेका थिए ।
अर्को एक प्रसङ्गमा मन्त्री शर्माले नेपालको संविधानले जनताको अधिकारलाई सुनिश्चित गरेको जनाउँदै संविधानप्रति असन्तुष्टहरुको उचित मागलाई सम्बोधन गर्दै सरकार अघि बढिरहेको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्
Loading...