पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै



भीमदत्तनगर, २९ माघ ।

ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताएका छन् ।

प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिए ।

उनले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको जानकारी पनि दिए ।

“पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हुँदैछ”, मन्त्री शर्माले भने– “जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।”

, ,

प्रतिकृया दिनुहोस्

Loading...