साझा व्वाइफ्रेन्डसँग बिहे गर्ने तयारीमा जुम्ल्याहा दिदीबहिनी
दुरुस्त अनुहार भएका दुई जुम्ल्याहा दिदीबहिनी पाँच वर्षदेखि एउटै पुरुषसँग प्रेम गरिरहेका छन्। साझा प्रेमीसँग चाँडै बिहे गर्ने दुवैको तयारी छ।
अष्ट्रेलियाको पर्थका ३० वर्षिया अन्ना र लुसी डेकिन्कले फेसबुकमार्फत बेन बायर्नलाई साथी बनाएका थिए। पछि दुवैजना एकैसाथ बेनको प्रेममा डुबे। बेनले पनि दुवैलाई प्रेमिकाका रुपमा स्वीकारेका छन्।
२४ सै घन्टा आपसमा नछुट्टनिे दिदीबहिनीले बायर्नसँग बेड सेयर पनि गरिसकेका छन्। दुवै जनालाई एकैसाथ मुड आउने हुँदा ओछ्यानमा डबल मज्जा लुट्ने गरेको उनीहरुको अनुभव छ।
युट्यूवमा अपलोड गरिएको एउटा भिडियोमा उनीहरु एक साथ भन्छन्, ‘हामी दुवै उसलाई उत्तिकै माया गर्छौं । उ एउटा भाग्यमानी पुरुष हो । उसले डबल माया र केयर पाउँछ, अनि बदलामा ओछ्यानमा डबल उर्जा लगाउनुपर्छ ।’ त्रिकोणिय मायामा अहिलेसम्म कसैले एक-अर्काको चित्त नदुखाएको उनीहरुको दावी छ।
बिबाहको निम्ति उनीहरुले अमेरिकाको एरिजोनास्थिति टुक्सनको भ्रमण गर्ने योजना बनाएका छन् । एरिजोनाको संविधानले बहुविवाहलाई अनुमति दिँदैन तर कुनै दण्ड-सजाय पनि गर्दैन ।
दुवैलाई अहिल्यै बच्चाको चाहना छैन, तर दुवैले एकैसाथ गर्भवती हुने सोच राखेका छन् । अन्नाले भनिन्, ‘यदि म गर्भवती भएँ भने लुसी पनि हुनेछिन्, किनभने हाम्रो शरीरले सँधै एउटै कुराको माग गर्छ । तर हामीले चाँडै गर्भवती हुने योजना बनाएका छैनौं।’
एउटा जापानी प्र्यांक टिभी शोमा विश्वकै सर्वाधिक मिल्दाजुल्दा जुम्ल्याहा घोषित भएपछि यी दिदीबहिनी चर्चामा आएका थिए। सो कार्यक्रममा अनुहार पहिचान गर्ने प्रविधिले उनीहरुबीच फरक छुट्याउन सकेको थिए।
प्रतिकृया दिनुहोस्
Loading...