जंगल भित्र भारत र नेपालका पहलमानको ‘कुस्तीबाज’

  • रेम बिक। 
पोखरा, १९ माघ । 

भारत र नेपालका चर्चित रेस्लिङ खेलाडीहरुको कुस्तीबाज पोखरेली दर्शकले लाइभ हेर्न पाउने भएका छन् । जंगल भित्र उनीहरुले आपसमा कुस्ती खेल्नेछन् । 

फागुन १२ गतेदेखि पोखराको शान्तिवन वाटिकामा शुरु हुने जंगल फेस्टिभलको तेस्रो सँस्करण अन्तरगतआयोजकले रेस्लिङलाई कार्यक्रममा समावेश गरेको हो । 

भारत र नेपालका चर्चित रेस्लिङ खेलाडीहरुबीचको रोमाञ्चकारी भिडन्त ४ दिनसम्म चल्ने आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले जानकारी दिए । ‘अन्तराष्ट्रिय स्तरको रेस्लिङ खेल दर्शकले लाइभ हेर्न पाउनेछन् ।’ बस्यालले भने–‘यो पोखरेली दर्शकको लागि एकदमै नौलो स्वादको हुनेछ ।’

जंगल भित्र हुने कुस्ती (रेस्लिङ) खेलमा भारतका ८ जना र नेपालका ८ जना पहलमानहरु भिड्नेछन् । ‘साविक भैरहने अन्य महोत्सवको तुलनामा जंगल फेस्टिभल निकै फरक स्वादको बनाउन हामीले अझै बढि तयारी गरिरहेका छौँ ।’ अध्यक्ष बस्यालले भने–‘दर्शकले मनोरञ्जनको पूर्ण प्याकेज पाउन् भन्ने हाम्रो चाहना हो ।’

जंगल फेस्टिभलमा यो पटकअझै बढि नौला र रोचक कार्यक्रमहरु आयोजकले समावेश गर्ने जनाएको छ । यसअघि उसले जंगलमै फेशन शो गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । 

‘जंगलथिम’मागरिने फेशन शोमा पोखराका चल्तीका मोडल र केहि नयाँ मोडलहरु समेत ¥याम्पमा उत्रिँदै छन् । 

यो पटक १० जना महिला मोडल र ३ जना पुरुष मोडलले जंगल फेस्टिभलमा ¥याम्पमा उत्रेर माहौल गर्माउने छन् । 

आयोजक परिचय नेपालले यति बेला जंगल फेस्टिभलको तयारी निकै तिव्र रुपमा अगाडि बढाएको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...