भत्किएको भवन निर्माण नहुँदा चउरमा पढाई

खोटाङ, १ फागुन ।
खोटाङमा दलीय भागवण्डामा भवन निर्माणका लागि रकम वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय भवन बनाउनका लागि रकम पाउनबाट वञ्चित भएका छन् ।
भागवण्डामा गरिने वितरण प्रणालीका कारण जलेश्वरी–३ स्थित जनकल्याण प्रावि भवन निर्माणका लागि आवश्यक रकम पाउनबाट वञ्चित भएका हुन् ।
आवश्यकतालाई भन्दा पनि दलका नेताको मनोमानी सिफारिसमा वितरण गर्ने परिपाटीले आफ्नो विद्यालयले भवन नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राईले गुनासो गरे ।
भूकम्पको क्षति र आवश्यकताका आधार गएको वर्ष भवन निर्माणका लागि रकम पाउनुपर्ने विद्यालय यसपल्ट पनि वञ्चित भएको अभिभावकको भनाई छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसका परकम्पका कारण भवन भत्किएपछि अहिले जनकल्याण प्राविले खुल्ला चउरमा पढाई सञ्चालन गर्दैआएका छन् ।
कक्षा ३ सम्म पढाई हुने विद्यालयमा अहिले २९ जना विद्यार्थी अध्ययनरत छन् । जिल्ला शिक्षा कार्यालयमा भत्किएको भवनको तस्बिरसहित निवेदन दिएपनि भवन प्राप्त नभएकोको प्रधानाध्यपक खिनामायाँ बिसीले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...