रेडियो नेपालसँग कोमल ओलीको ‘सम्बन्ध विच्छेद’



काठमाडौं ४ फागुन।

रेडियो नेपालकी वरिष्ठ सम्पादक तथा समाचार वाचिका कोमल ओलीले पदबाट राजिनामा दिएकी छिन् । 

राप्रपाको सक्रिय राजनीतिमा आएपछि उनले सरकारी जागरिकका रुपमा रहेको रेडियो नेपालबाट राजीनामा दिएकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदकोलागि उम्मेदवारी दिनेगरि उनले तयारी गरेकी छन् । २०५० सालबाट रेडियो नेपालमा प्रवेश गरेकी ओली समाचार बाचन र सम्पादनमा काम गर्दै आइरहेकी थिइन ।

उनको राजीनामासँगै अब राजनीतिक यात्रा प्रष्ट भएको छ । ओलीले अव विशुद्ध राजनीतिमा लाग्नका लागि रेडियो नेपालको जागिरबाट राजिनामा दिएको जानकारी दिइन् ।

स्रोतका अनुसार ओलीले राप्रपाको सक्रिय राजनीतिमा जाने निर्णय गरेसँगै उनलाई दुइ मध्ये एउटा बाटो रोज्न दवाव पर्दै आइरहेको थियो ।

रेडियो नेपालको ब्यवस्थापनले राजीनामा नदिए कारवाही गर्ने तयारी पनि गरेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...