चुनावको मिति घोषणा नगरे प्रचण्ड सरकार ढाल्नेे ओलीको धम्की

  • बिराटनगर, २२ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारले चुनाव नगराए एमालेले सरकार ढाल्ने धम्की दिएका छन् ।

प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् ।

एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारीले शनिबार बिराटनगरमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने- ‘सरकार चुनाव नगराएर सवैधानिक र राजनितिक संकट गराउन उद्धत हुँदैछ, हामी त्यो अवस्था आउनुभन्दा अगावै संकटबाट बच्ने उपाय गराएर छाड्छौं ।’

केपी ओलीले स्पष्ट शब्दमा नबताए पनि सरकारले चुनाव टार्ने स्थिति आएका एमालेले सरकार ढाल्ने र आफ्नो नेतृत्वमा चुनावको वातावरण बनाउने लाक्षणिक अभिव्यक्ति दिएका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले कुनै पनि हालतमा एमाले चुनाव गराएरै छाडने दाबी गरे । उनले भने- ‘एमाले यो मुलुकमा निर्वाचन गराएरै छाड्छ, त्यो कुरा सरकारले बुझे हुन्थ्यो, बुझ्दैन भने हामी बुझाएर छाड्छौं ।’

प्रचण्ड प्रधानमन्त्री बनेको ६ महिना ४ दिन बितिसक्दा पनि केही काम नगरेको ओलीकाेआरोप छ । प्रचण्ड नेतृत्वको सरकारले एमाले काँही भेटिन्छ कि र हटाउन सकिन्छ कि भनेर खोज्दै आफ्ना मान्छे नियुक्ति गर्ने वाहेक कुनै उपलव्धीको काम गर्न नसकेको ओलीले आरोप लगाए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...