'खर्च गर्न नसक्नेहरु नै पैसा माग्न लाइनमा'
- काठमाडौं, ३ फागुन ।
उप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पुँजीगत खर्च गर्ने क्षमता नभएकाहरु नै मन्त्रालयसँग पैसा माग्न लाइन लाग्ने गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
सरकारले लक्षित योजनामा पैसा खर्च गर भनि दिएको पैसा पनि खर्च हुन नसकेको भन्दै उनले लक्षित योजनामा खर्च गर्ने क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।
गरिबी निवारण कोषको आगामी रणनितिमा महिलाहरुको आर्थिक क्षेत्रमा अभिवृद्धि गर्ने सम्बन्धी अन्तरक्रियालाई मंगलबार सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले पुंजीगत खर्च गर्ने क्षमता नबढाएसम्म अपेक्षित आर्थिक विकासको अनुभुति गर्न नसकिने बताए ।
उनले अर्थमन्त्रालयको ठुलो चुनौति नै पुँजीगत खर्चको रहेको भन्दै पैसा खर्च नगर्नेहरुनै मन्त्रालयमा पैसा माग्न लाइन लाग्ने गरेको गुनासो गरे ।
उपप्रधानमन्त्री महराले मध्यपश्चिम र सुदुरपश्चिका महिला अझै बढी पीडीत रहेको भन्दै दातृ निकायलाई त्यस क्षेत्रमा बढी लगानी गर्न सुझाव समेत दिए ।
गरिबी निवारण कोषल देशको ५५ जिल्लाका २ हजार ९१ गाविसमा छरिएर रहेका ४ सय २५ सहकारी, १ हजार ६ सय ४५ महिला समुहमा काम गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...