नेकपा (माओवादी) ८ औं महाधिवेशन: उदघाटन तयारी पूरा, यस्तो देखिन्छ खुलामञ्च (फोटो फिचर)

  • काठमाडौँ १ फागुन ।
नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वमा रहेको माओवादीले महाधिवेशनको उद्घाटन काठमाडौँको खुलामञ्चमा फागुन १ गते आइतबार गर्दै गर्दै छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पुरा भएको माओवादीले जनाएको छ । 

फागुन १ गते जनयुद्ध दिवशको अवसर पारेर काठमाडौँको खुलामञ्चमा उद्घाटन गरिने महाधिवेशनको बन्दसत्र भने रोल्पाको थवाङमा हुने भएको छ ।

महादिबेशन उद्घाटनको पूर्व सन्ध्यामा माओवादीले काठमाडौँका सडक झण्डा ब्यानर र गेटले रातै बनाएको छ। खुलामञ्चमा भने झण्डा ब्यानरका अलावा ८औं महादिबेशन लेखिएको बेलुन समेत आकाशमा उडाईरहेको छ । 

आइतबार खुलामंचमा हुने महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पुरा गरिसकिएको माओवादीको युवा संगठन राष्ट्रिय युवा जन स्वयंसेवकका केद्रीय सचिम किरण पोख्रेल 'केशब'ले जानेका छन् ।

त्यस्तै सभामा सहभागिताका निम्ति काठमाडौँ बाहिरका सबै जिल्लाहरुबाट आउने नेता कार्यकर्ताका गाडीहरु केही राजधानी भित्रि सकेका र केही आउदै गरेको जानकारी प्राप्त भएको माओवादी केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज सेक्रेटरी माइला लामाले बताए ।


माओवादीले काठमाडौँको खुलामञ्चमा गरिने उद्घाटन सभामा १ लाख जनता उतार्ने दाबी गरेको छ । सुरुमा १ लाख जनता सहभागी हुने अनुमान गरिएकोमा त्यो क्रम बढ्न सक्ने माओवादीले दाबी गरेको छ ।


, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...