फाल्गुन १ को संन्दर्भमा दुई कबिता

कविता नं.:१

नियत हो की नियती
--------------------------
तिमी सँगै जनयुद्ध लडेका काम्रेडहरु
खाडीमा भैतारिरहेका छन
तिमीलाई १२५ किलोको मालाले थिचेन ।।
तिमी सँगै जनयुद्ध लडेका घाइतेहरु
ज्यानमा गोली बोकेर तड्पिरहेका छ्न
तिमीलाई बालुवाटारको बिछ्यौनाले बिझाउदैन।।
तिमी सँग जनयुद्ध लड्दा बनेका सहिदहरुका
छोराछोरी र जहान आँसु पिउदै जिएका छन
तिमीलाई बालुवाटारमा मासुभात कसरी रुच्छ ।।

कविता नं.:-२

सक्कली /नक्कली
-------------------------
सेतो सबै दुध हुँदैन
रातो सबै रगत हुँदैन ।
त्यस्तै
बजारमा बिक्री हुने सबै चिज
सक्कली हुँदैनन्।
सक्कली /नक्कली खुट्याउनु पर्छ
खुट्याएपछी छुट्याउनु पर्छ
नक्कलीलाई फाल्नु पर्छ
सक्कलीलाई स्विकार्नु पर्छ।
किनकी
सेतो सबै दुध हुँदैन
रातो सबै रगत हुदैन।।
                            महादीप पोखरेल 
                              २०७३-१०-२९
संन्दर्भ:-फाल्गुन -१।

,

प्रतिकृया दिनुहोस्

Loading...