बग्दादमा धर्मगुरु समर्थक र प्रहरीबिच झडप, पाँच जनाको मृत्यु, ग्रिन जोनमा रकेट आक्रमण

  • एजेन्सी, १ फागुन ।
इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो ।

झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ ।

सरकारी भवन र विदेशी कुटनीतिक नियोगका भवन रहेको क्षेत्रमा रकेट आक्रमण भएको छ । रकेट आक्रमणका कारण भएको क्षतिको विवरण आएको छैन ।

प्रहरीले अश्रृ ग्यास प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर गर्ने प्रयास गरेको थियो । त्यसक्रममा दुई सय भन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले भ्रष्टाचारको विरोध तथा चुनावी प्रक्रियामा सुधारको माग गरेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...