दाहालको सहमति खोज्ने प्रयास, वार्ताका लागि मधेसी मोर्चालाई बोलाए
- काठमाडौं, ६ फागुन ।
प्रधानमन्त्री दाहालले भोलि शनिबार मधेशी मोर्चासँग परामर्श गर्न लागेका हुन् । राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले प्रधानमन्त्रीको निजी सचिवालयबाट शनिबारको वार्ताका लागि आफूहरूलाई निम्तो आएको बताए ।
उनले भने, ‘वार्ताका लागि प्रधानमन्त्रीज्यूको निजी सचिवालयबाट बोलावट भएको छ । वार्तामा के–के विषयमा कुराकानी हुन्छ केही भनिएको छैन । सम्भवत संविधान संशोधन, निर्वाचनको तयारी र मुलुकको समग्र राजनीतिक विषयमा छलफल हुन सक्छ ।’
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने सुझाव दिँदै आएका कांग्रेस, एमालेसहितका दलहरूले छिटोभन्दा छिटो राजनीतिक सहमतिमा दबाब दिइरहेका छन् ।
यद्यपि, मधेशी मोर्चाले संसदमा टेबुल भइसकेको संविधान संशोधनको विधेयक परिमार्जन सहित पारित नहुँदासम्म निर्वाचनमा जान नसक्ने जनाइ सकेको छ ।
उता, प्रधानमन्त्री दाहालले बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग निर्वाचनका विषयमा वार्ता गरेका छन् । वार्तामा समग्र विषयमा कुराकानी भएको बुझिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...