संशोधन विधेयक परिर्माजनसहित अघि बढाउन सरकार र मधेसी मोर्चा सहमत

  • माघ,२१ काठमाडौं । 

सरकार र मधेसी मोर्चा संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन सहमत भएका छन् ।

स्थानीय चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई बोलाएर चुनावमा भाग लिन आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव र निर्वाचनको तयारी सँगसँगै अघि बढाउने प्रतिवद्धता जनाएको उनका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएका छन् । ‘हामी चुनाव विरोधी त होइनौं । तर, संविधान संशोधन परिमार्जनसहित पासा नभएसम्म चुनावमा जाँदैनौं भनेका छौं, फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने ।

बैठकमा संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिर्माजनबारे सहमति खोज्ने र प्रक्रिया अघि बढाउने समझदारी भएको छ । यसको गहृकार्यका लागि तीन पक्षको एक एक सदस्य रहने कार्यदल यसअघि नै बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याए भएपनि संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउने आश्वासन दिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...