खोटाङमा एक युवती मृत भेटिइन्, सामूहिक बलात्कारपछि हत्या भएको आशंका
- खोटाङ,२७ माघ ।
खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षकी रीता तामाङ मृत अवस्थामा भेटिएकी छन् । मंगलबार रातिदेखि हराएकी तामाङ बुधबार सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीता मंगलबार बेलुकी घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले बताए।
जंगलमा मडारिएको ठाउँ रहेको र मडारिएको ठाउँभन्दा ४० मिटर तल रीता मृत अवस्थामा अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रधानले बताए ।
प्रतिकृया दिनुहोस्
Loading...