एसएसपी खत्रीलाई ४ दिन थुन्न अदालतको आदेश


काठमाडौं, २४ माघ ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका एसएसपी श्यामबहादुर खत्रीलाई जिल्ला अदालत काठमााडौंले हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । 

अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार अदालत लगिएको हो ।

सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ ।

गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।

सीआइबीले खत्रीलाई आइतबार दिउँसो प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...